१३ कार्तिक २०८३, शुक्रबार

इन्सद्वारा आयोजित विश्व महिला सम्मेलनको पहिलो दिनमा के-के भयो ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । अन्तर्राष्ट्रिय नेपाली समाजअन्तर्गतको महिला समितिले विश्व महिला सशक्तिकरण सम्मेलन आयोजना गरेको छ ।

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भर्चअल माध्यमबाट भएको विश्व महिला सम्मेलनको पहिलो दिन शनिबार साँझ ६ बजेदेखि भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा महिला सशक्तिकरण अभियन्ता ९२ वर्षीय भद्रा कुमारी घले रहेकी थिइन् ।

उनले आफ्ना सघर्षको गाथा सुनाउँदै सबैमा अघि बढ्नका लागि प्रेरणादायी वचन दिएकी थिइन् । आफू ९२ वर्ष पुगिसक्दा पनि केही न केही गरिरहने भन्दै सधैँ सिर्जनशील बन्नु सुझाव दिएकी थिइन् ।

घलेले आगामी वैशाख १९ गते एकै पटक १५१ जना महिलाद्वारा आफ्ना १५१ वटा पुस्तक संयुक्त रुपमा विमोचन गर्ने कार्यक्रम रहेको उल्लेख गर्दै आफू दैनिक रुपमा भजन, कविता तथा निबन्ध लेखेर बिताउने बताइन् ।

पाँच पटक राष्ट्रिय पञ्चायतको सदस्य र पूर्वराज्यमन्त्री समेत रहेकी घले सबैका लागि प्रेरणाकी स्रोत हुन् । उनले विशेष गरी महिला सशक्तिकरण, साहित्य, चित्रकला र समाजसेवामा महत्वपूर्ण योगदान दिएकी छन् ।

इन्स महिला समितिकी महासचिव शुभद्रा भण्डारीले सञ्चालन गरेको पहिलो सत्रकै दोस्रो चरणको रुपमा रचना वाचन समेत राखिएको थियो । इन्स महिला समितिकी वरिष्ठ उपाध्यक्ष, साहित्यकार एवम् अधिवक्ता उर्मिला निर्दोषीले सञ्चालन गरेको रचना वाचनमा विदेशी अतिथिसहित नेपालीहरुले आफ्नो रचना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डा. लेह, सकुन ज्ञवाली, कल्पना तामांग, सोम अनुराग, तारा अधिकारी, शुभलक्ष्मी कोइराला, डा. बार्बारा, लिलि अधिकारी, प्रो.डा. चारु शर्मा, गंगा भण्डारी, बिबि याख्या, बिन्दु त्रिपाठी, माधव रेग्मी, प्रतिमा केसी लगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए ।


अस्ट्रियाबाट बालिका नेहारिका खड्काको स्वागत नृत्यको भिडियो समेत प्रस्तुत गरिएको थियो ।

दोस्रो सत्रमा नेपाली साहित्यकी मुर्धन्य साहित्यकार प्रा. डा. कविता लामाले साहित्य, सिर्जना, जीविकोपार्जन र महिला सशक्तिकरणका विषयमा धारणा प्रस्तुत गरेकी थिइन् ।

उनले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेरिएको स्वतन्त्रता एवम् हक अधिकारबाट बञ्चित भएको बताएकी थिइन् ।

कार्यक्रम इन्स महिला समितिकी अध्यक्ष डा. रेनुका सोलुको अध्यक्षतामा भएको थियो । कार्यक्रममा इन्सका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरे, महासचिव अर्जुन श्री, उपाध्यक्ष नितु खतिवडा, सचिव सुप्रिया घिमिरे, इन्स भाषा साहित्य समितिकी अध्यक्ष डा. जानुका पौडेल नेपाल, इन्स महिला समिति उपाध्यक्ष नजबुल खानलगायतको उपस्थिति रहेको थियो ।