१३ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा २३ जनामा कोरोना पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ चैत । पछिल्लो २४ घण्टामा जम्मा २३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २१५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ५ हजार २२२ जनामा गरिएको परीक्षणमा २३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कसैको पनि संक्रमणका कारण ज्यान नगएको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो समय देशभर सक्रिय संक्रमित घट्दो क्रममा रहेका छन् । हाल देशभर संक्रिय संक्रमित १५५८ जनामा सीमित भएका छन् ।