१८ कार्तिक २०८३, बुधबार

बैंकिङ कसूरमा १५ लाख जरिवाना र कैद तोकिएका फरार अभियुक्त पक्राउ

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मोरङ, १९ माघ , बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बिराटनगर महानगरपालिका–६ बस्ने ४० वर्षीय सिताराम लुईटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत विराटनगरको २०७८ कात्तिक १० गतेको फैसलाले उक्त मुद्दामा १० महिना ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत मोरङमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको उक्त कार्यालयले जनाएको छ ।