१८ कार्तिक २०८३, बुधबार

सुदूरपश्चिममा थपिए २०३ जना कोरोना संक्रमित

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १९ माघ । सुदूरपश्चिम प्रदेशमा बुधबार थप २०३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ९६८ जनाको नमूना परीक्षण गर्दा २०३ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआरमार्फत ६७ र एन्टिजेनमार्फत १३६ जनामा पुष्टि भएको हो । यस्तै गएको २४ घण्टामा प्रदेशभर ५३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि मङ्गलबार यस प्रदेशमा २४६ जनामा सङ्क्रमण पुष्टि हुँदा १८८ जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६२४ जनाको ज्यान गइसकेको छ । –रासस