९ कार्तिक २०८३, सोमबार

मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिए

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ वैशाख । नेपाली कांग्रेससहितका विपक्षी मोर्चाको घेराबन्दी तोड्न नसकेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएको उच्च स्रोतले जनाएको छ ।

पोखरेलले सरकार बचाउन जनता समाजवादी पार्टीका चार जना सांसदलाई मन्त्री बनाएका थिए । चारैजना सांसदलाई जसपाले कारबाही गरेपछि लुम्बिनी प्रदेश सरकार संकटमा परेको थियो ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

भावी मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको सो प्रस्तावमा आइतबार शुरु हुने विशेष अधिवेशनमा छलफल प्रारम्भ हुँदै थियो ।