काठमाडौं, १८ वैशाख । कोरोना महामारीले पूरै देश संकटमा परेको छ । कोरोनाभाइरसका संक्रमितका बिरामीहरूले उपचार पाइरहेका छैनन् । अस्पतालमा पुगेका बिरामीहरू भित्र प्रवेश गर्न नपाइ बाहिरिन बाध्य छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा काम गरिरहेको छ । निषेधाज्ञा गरेर रोकथामको प्रयास गरिरहेको छ । सीसीएमसीले पनि काम गरिरहेको छ । सरकारले कोरोना रोकथाममा सहयोगको अपील पनि गरेको छ । तैपनि कोरोना संक्रमित बढेपछि सरकारबाट अपेक्षा राखेर आलोचना पनि भइरहेको छ ।
लुम्विनी प्रदेशको अवस्था झन् भयाबह अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकाको अवस्था पनि त्यस्तै छ । प्रदेश २ पनि कोरोना संक्रमतिका बिरामी बढेर हटस्पटनै बनेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश तथा प्रदेश १ पनि कोरोनाबाट समस्यामा परेका छन् ।
सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा काम गरिरहेको जनाएको छ । सरकारको कामबाट जनता खुसी छैनन् । सरकारले कछुवाको गतिमा काम गरिरहेको छ । सरकारले किन काम गर्न ढिलाइ गरिरहेको छ भनेर सामाजिक सञ्जालमा प्रश्नहरू उठेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले शुक्रबार जारी गरेको अपीलले सरकार कोरोनाभाइरसको संक्रमण रोकथाम र उपचारमा असफल भइसकेको देखाएको छ । बेड दिएर अस्पतालमा कोरोनाका संक्रमितलाई उपचार गर्न नसकिने स्वास्थ्य मन्त्रालयले जनाएपछि देशको अवस्था भयाबह भइसकेको तथ्याङ्क दिएको छ ।
भारतसँगको सिमाना सिल गर्नुपर्नेमा बल्ल सीसीएमसीले सिफारिस गरेको छ । हवाइ उडान पनि सरकारले रोक्न सकेको छैन । भारतबाट कोरोना संक्रमितहरू निर्बाध नेपालमा भित्रिएका छन् ।
भारतको दवावमा सरकारले हवाइ उडान रोक्न सकेको छैन भनेर आलेचना भइरहेको छ । सिमाना पनि सिल नगरेको आरोप लागेको छ ।
भारतमा कोरोना संक्रमण बढेपछि भारतीयहरू ज्यान बचाउन नेपाल आउन थालेका समाचार बाहिरिन थालेका छन् ।
निषेधाज्ञाको मौका छोपेर सरकारले छिटोभन्दा छिटो बेडहरू बढाउने, स्वास्थ्य सामग्री खरिद, स्वास्थ्यकर्मीको आपूर्ति, चिकित्सक र स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिनेलगायतका कार्यहरू गर्नुपर्छ ।
सरकारले कोरोना संक्रमण कसरी नियन्त्रण गर्ने भनेर दलहरूसँग सरसल्लह गरेको छैन । स्वास्थ्य विज्ञहरूसँग पनि सरकारले कुनै सरसल्लाह गरेको छैन ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले शुरुका दिनमा चुरीफुरी देखाएपनि अहिले सुनसान छन् । त्रिपाठीले के काम गरिरहेका छन् ? भनेर प्रश्न उठेको छ ।















प्रतिक्रिया