१३ कार्तिक २०८३, शुक्रबार

फेरि एकचोटि क्रान्तिमा जानेवाला छु, दुई चारवटा लडाइँ जित्नै बाँकी छ: प्रचण्ड

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनः क्रान्तिमा जाने चेतावनी दिएका छन् ।

आज राजधानीमा एक कार्यक्रममा पूर्वमाओवादीहरूलाई एक ठाउँमा ल्याउन आफूले पहल गर्ने बताउँदै उनले यस्तो चेतावनी दिएका हुन् ।

प्रचण्डले देशमा भएका ठूला परिवर्तनमाथि आक्रमण भइरहेको दाबी गर्दै उनले राजधानीभन्दा बाहिरै बसेर देशव्यापी अभियानमा केन्द्रित हुने उद्घोष गरे।

प्रचण्डले भने, “हामीले योसँग मिले होला कि त्यो सँग मिले होला कि, यो गरे होला कि त्यो गरे होला कि भनेर धेरै गरियो। तर आफ्नै साथीहरू छुट्दा, आफ्नै धरातल कमजोर हुँदा कमजोर भएको देखिएको पक्कै हो ।”

उनले युद्ध गर्ने अवस्था नरहेको बताउँदै शान्तिपूर्ण रुपमा क्रान्ति गर्ने उनले बताए ।

उनले भने, “म छाड्नेवाला छैन । म एकचोटि क्रान्तिमा फेरि जानेवाला नै छु । अरू दुई चारवटा लडाइँ हामीले जित्नै बाँकी छ ।”