
काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन् ।
बिहीबार साँझ ५ बजे प्रधानमन्त्री ओलीले जसपाका शीर्ष नेताहरुलाई बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीलाई भेट्न जसपा नेपालका नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोक राई बालुवाटार जाने भएका स्रोतले जनाएको छ ।
सत्ता समीकरणको कुरा चलिरहँदा प्रधानमन्त्री ओलीले जसपाका नेताहरुसँग छलफल गरिरहेका छन् ।
आज हुने छलफलमा केही सहमति हुनसक्ने जनाइएको छ ।














प्रतिक्रिया