१ कार्तिक २०८३, आइतबार

आफूविरुद्धको प्रस्तावमा हस्ताक्षर गर्ने कुर्मराजलाई मुख्यमन्त्री शाहीले बनाए सचेतक

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको प्रमुख सचेतकमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

कालीकोटबाट निर्वाचित सांसद कुर्मराज उनीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने मध्येकै सांसद हुन् । उनी माधवकुमार नेपाल लाइनका भनेर चिनिन्छन् । मंगलबार पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहका नेताहरुको सहमतिअनुसार कुर्मराजलाई सचेतकमा नियुक्त गरिएको बताइएको छ ।

मुख्यमन्त्री शाहीले आइतबारमात्र प्रमुख सचेतक रहेका कँडेल पक्षका गुलाबजंग शाहीलाई पदमुक्त गरी उक्त स्थानमा सीता नेपालीलाई जिम्मेवारी दिएका थिए । नेपाली यसअघि सचेतक थिइन् ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेमध्येका १८ जनामध्ये ७ जना नेपाल पक्षका, ८ जना अध्यक्ष केपी ओली पक्षका र ३ जना अध्यक्ष पुष्पकमल दाहाल पक्षका छन् ।

यी समाचारहरू पनि पढ्नुहोस्–