१ कार्तिक २०८३, आइतबार

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले हटाए संसदीय दलका प्रमुख सचेतक

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ असोज । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाएका छन् ।

सत्तारुढ दलकै १८ जना सांसदले मुख्यमन्त्रीविरुद्ध पार्टीको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएको भोलिपल्टै उनले सचेतकलाई हटाएका हुन् । मुख्उमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न प्रमुख सचेतक शाहले भोलि २७ गतेका लागि बैठक बोलाएका थिए ।

मुख्यमन्त्री शाहीले प्रमुख सचेतकको जिम्मेवारीमा रहेर चित्तबुझ्दो काम नगरेको भन्दै शाहलाई जिम्मेवारीबाट हटाएको उल्लेख गरेका छन् । मुख्यमन्त्रीको यो कदमले कर्णालीमा नेकपाको विवाद थप उत्कर्षमा पुगेको छ ।

पूर्वमाओवादीका नेताहरुले यो विवादलाई चाँडो समाधान नगरिए लहरो तान्दा पहरो गर्जने भन्दै पार्टी एकीकरणमा समेत धक्का पुग्ने चेतावनी दिन थालेका छन् ।

यसैबीच सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यस विषयमा ३ घण्टा छलफल गरेका छन् । छलफलमा अध्यक्ष दाहालले आइतबार आएको प्रस्ताव रोक्नुपर्नेमा जोड दिए पनि नेताहरुबीच कुनै निष्कर्ष भने निकालिएको छैन ।