१ कार्तिक २०८३, आइतबार

नेकपा प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले संसदीय दलको बैठक बोलाएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्तावमाथि छलफल गर्न शाहले मंगलबार दिउँसो १ बजे बैठक बोलाएका हुन् ।

तर, उनलाई सोमबार नै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरिसकेका छन् । यद्यपि, मुख्यमन्त्री शाहीले आफूलाई कारबाही गर्नु गैरसंवैधानिक भएको उनको भनाइ छ ।

अर्कोतर्फ नवनियुक्त प्रमुख सचेतक सीताकुमारी नेपालीले पनि कात्तिक ७ गतेका लागि संसदीय दलको बैठक बोलाएकी छिन् ।