
सुन्धुपाल्चोक (लिदी), ३० साउन । सिन्धुपालचोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ भने ५ जनाको उद्धार गरिएको छ ।
कम्तीमा ३८ जना बेपत्ता भइरहेको पहिरोबाट घाइते तथा मृतकको उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । अहिले पनि पहिरो खस्न सक्ने थुप्रै सम्भावनाका कारण उद्धारमा समस्या भएको हो ।
गल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार १ जनाको शव फेला परेको छ भने ५ जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये ५ जनामध्ये एकजनालाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । तर, मृतकको सनाखत भने हुन सकेको छैन ।
उद्धार गरिकाहरुमा १ जना बालक, २ जना महिला र २ जना पुरूष छन् । घाइते हुनेहरूमा ९ वर्षीय रूपबहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन् ।
अहिले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु जटेका छन् ।
यो पनि पढ्नुहोस्–















प्रतिक्रिया