३० आश्विन २०८३, शुक्रबार

सेनाको ३ वटा हेलिकोप्टर लिदी पुग्यो, सभामुखद्वारा स्थलगत निरीक्षण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३० साउन । भीषण पहिरो प्रभावित क्षेत्र लिदीमा नेपाली सेनाको ३ वटा हेलिकोप्टर पुगेको छ ।

सभामुखस अग्नीप्रसाद सापकोटालाई लिएर गएको र उद्धारटोली बोकेको ३ वटा हेलिकोप्टर लिदी पुगेको हो । यद्यपि पुनः पहिरो खस्न सक्ने सम्भावना कायमै रहेकाले उद्धारमा भने कठिनाई भइरहेको बताइएको छ ।

यद्यपि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा एक जनाको शव निकालिएको प्रारम्भिक सूचना पनि प्राप्त भएको छ ।

यसैबीच सभामुख अग्नीप्रसाद सापकोटाले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौंबाट लिदी पुगेका उनले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेका हुन् ।

उनीसँगै हेलिकोप्टरमा नेकपाका केन्द्रीय सदस्य माधव सापकोटा, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङ, नेकपा नेता सरल सहयात्री, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङसहितको टोली पहिरो प्रभावित लिदी पुगेको छ ।

वडाअध्यक्ष श्रेष्ठका अनुसार उक्त गाउँसँग सम्बन्धित ३६ जना मानिस अहिले सम्पर्कबाहिर छन् । करीब ४० वटा जति घर पहिरोले पूर्ण र आंशिक रुपमा पुरेको छ भने कतिपय घर गन्नै नमिल्नेगरी हिलोमा बिलाएको छ ।

यो पनि पढ्नुहोस्–