३१ आश्विन २०८३, शनिबार

कालिकोटको नकुमा पहिरो, ६ जनाको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा गएराती गएको पहिरोमा परी ६ जनाको मृत्यु भएको छ ।

वडा सदस्य रजबहादुर विष्टको घर पुरिँदा दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी ६ जनाको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको दाबी गरेको छ ।

पहिरो गएको ठाउँमा उद्दारको काम भइरहेको छ ।