२८ आश्विन २०८३, बुधबार

थप ४ जना प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ४ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कार्यालयको सवारी शाखामा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । प्रहरीकै अस्पतालमा गरिएको उक्त परीक्षणमा कोरोना पुष्टि भए पनि थप परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु अस्पताल पठाइएको प्रहरीप्रधान कार्यालयले जानकारी दिएको छ ।

४ जनामा संक्रमण देखिएपछि कन्ट्याक ट्रेसिङको काम पनि भइरहेको प्रहरीले बताएको छ ।

यसअघि देशभरका विभिन्न जिल्लाका ११९ जना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ९५ जनाले कोरोना जितेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेका छन् भने संक्रमितमध्ये दुई महिला र ११७ पुरुष छन् ।