२९ आश्विन २०८३, बिहिबार

मुलुकभर ११९ प्रहरीमा कोरोना, ९५ निको

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ साउन । हालसम्म देशका विभिन्न जिल्लाका १ सय १९ जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमा ९५ जनाले कोरोना जितेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार संक्रमितमा ६ इन्स्पेक्टर, ८ सई, ७ असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी रहेका छन् ।

संक्रमितमध्ये दुई महिला र ११७ पुरुष छन् ।

संक्रमित प्रहरीमा काठमाडौँका १२ जना रहेका छन् । त्यस्तै, भक्तपुरका १, धनकुटाका २, मोरङका ५, बाराका ७, धनुषाका १२ , सर्लाहीका २, सिरहाका ३, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका ३ जना छन् ।

यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

पछिल्लो समय प्रहरीमा पनि कोरोना संक्रमणको दर बढेको छ भने प्रधान कार्यालयले निको भइसकेको प्रहरीहरुलाई काममा खटाइएको जनाएको छ ।