२८ आश्विन २०८३, बुधबार

सशस्त्रका एसएसपी अधिकारीलाई दोस्रोपटक म्याद थप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ साउन । बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

यसअघि उनलाई प्रहरीले ७ दिन हिरासतमा राखिसकेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जिल्ला अदालत कास्कीले अधिकारीमाथि अनुसन्धान गर्न ७ दिन म्याद थप गरेको हो ।

दाङ हेकुली–३ घर भई हाल श्रीमानसहित परिवारसँगै चितवनमा बस्दै आएकी करीब २७ वर्षकी युवतीले आफूलाई अधिकारीले खाना खान बोलाएर बलात्कार गरेको आरोप लगाएकी छिन् ।

ति युवतीले आफूमाथि बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीको कन्ट्रोलमा ३१ असारमा फोनमार्फत जानकारी गराएकी थिइन् । घटनाको प्रकृति, घटनास्थलको अवलोकन र सामान्य अनुसन्धानपछि प्रहरीले एसएसपी अधिकारीलाई पक्राउ गरेको थियो ।

बलात्कार गरेको आरोपमा पक्राउ परेका एसएसपी अधिकारी सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन शिक्षालय लामपाटन पोखराका प्रमुखको रुपमा कार्यरत थिए ।

असार २९ गते भएको १७ जना एसएसपी सरुवाको सूचीमा उनको पनि नाम थियो । साउन १ गतेदेखि प्रधान कार्यालय, हलचोक, कार्य तथा सीमा सुरक्षा विभागमा हाजिर हुने तयारीमा रहेका उनले पोखरा छाड्नुअघि रमाइलो गर्ने ‘मुड’ बनाएका कारण युवतीको फन्दामा परेका हुन् ।

यो पनि पढ्नुहोस् :

सशस्त्रका एसएसपी यसरी परे युवतीको फन्दामा…