२८ आश्विन २०८३, बुधबार

सशस्त्रका एसएसपी यसरी परे युवतीको फन्दामा…

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ साउन । सशस्त्र प्रहरी बल (एपीएफ) नेपालका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारी यौन काण्डमा मुछिएका छन् ।

पहिलेदेखि नै चिनजानमा रहेकी चितवनमा बस्दै आएकी ३० वर्षीया एक युवतीले उनलाई जागिर र जीवनको उत्तरार्धमा यौन काण्डमा फसाइदिएकी हुन् । युवतीकै कारण उनले जीवनभर कमाएको प्रतिष्ठा क्षणभरमै सखाप भएको छ भने बाँकी जीवनसमेत अन्धकारमय बन्ने अवस्था आएको छ ।

असार २९ गते भएको १७ जना एसएसपी सरुवाको सूचीमा उनको पनि नाम छ । हाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालीम शिक्षालय, लामापाटन, पोखराका प्रमुख रहेका अधिकारी साउन १ गतेदेखि प्रधान कार्यालय, हलचोक, कार्य तथा सीमा सुरक्षा विभागमा हाजिर हुने तयारीमा थिए ।

तर, पोखरा छाड्नुअघि रमाइलो गर्ने उनको बुढ्ययौली वैंशको सोचका कारण उनको बाँकी जीवन अन्धकारतिर धकेलिएको छ । रमाइलो गर्न बोलाएकी युवतीले पैसाको बार्गेनिङ गर्दै बलात्कारको आरोप लगाएपछि उनी अहिले प्रहरी हिरासतमा पुगेका छन् ।

दाङ हेकुली–३ घर भई हाल श्रीमानसहित परिवारसँगै चितवनमा बस्दै आएकी ति युवती एसएसपी अधिकारीले बोलाएपछि चितवनबाट पोखरा पुगेकी थिइन् । सशस्त्र प्रहरीकै भगौडा सिपाही समेत रहेकी मञ्जु केसी भनिने ति युवतीले एसएसपी अधिकारीसँगै बसेर मदिरापान गरी लठ्ठ भएपछि पैसाको बार्गेनिङ गरेको बताइएको छ ।

नशा लाग्दै गएपछि युवतीले १० लाख रूपैयाँको डिमान्ड गरिन् । अप्रत्याशित रूपमा पैसाको डिमान्ड भएपछि दुई जनाबीच विवाद सुरू भयो । पैसा नदिए बलात्कार केसमा फसाइदिने उनको नियत बुझेपछि एसएसपी अधिकारीले ५ लाख रूपैयाँमा कुरा मिलाउन खोजे, तर युवती मानिन् ।

१० लाख रूपैयाँ भन्दा तल कुरा मिल्दै नमिल्ने भन्दै युवतीले टेबलका सिसा, रक्सीका गिलासहरू फुटाउँदै बेडरुमदेखि कोठाका सामान छरपस्ट पारिन् । युवती नमान्ने देखेपछि बाँकी ५ लाख रूपैयाँ खोजेर ल्याउँछु भनेर एसएसपी अधिकारी त्यहाँबाट फुत्के र फोन अफ गरे ।

अधिकारी फुत्केपछि झन् रिसाएकी युवतीले ‘खाना खुवाउन बोलाएर लठ्याउने औषधि खुवाइ एसएसपीले बलात्कार गरे’ भन्दै प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गरिन् ।

तत्कालै ती महिला भएको ठाउँमा प्रहरी परिचालन भयो । प्रहरी एसएसपी क्वार्टर पुग्दा कोठामा युवती मात्र थिइन् । प्रहरी आएपछि भने उनी झसँग भइन्, श्रीमानले थाहा पाउने हुन् कि भनेर । उनले प्रहरीलाई अब केस अघि नबढाए हुन्न भनेर पनि सोधिन् । तर, प्रहरीले उनलाई मेडिकल चेकजाँचका लागि तत्काल अस्पताल लगे ।

मदिराले लठ्ठ एसएसपी अधिकारी झाडीमा लडिरहेको अवस्थामा भेटिए । तत्काल एसएसपी अधिकारीलाई नियन्त्रणमा लिएर घटनाको मुचुल्का उठाएर घटनास्थलको प्रमाण प्रहरीले संकलन गर्यो ।

घाँटीमा चक्कु राखेर मुख थुनेको भनेर युवतीले बयान दिएकी छन् । शारीरिक बल प्रयोग गरेको भनिए पनि स्वास्थ्य जाँचका क्रममा कुनै बलजफ्ती भएको पुष्टि नभएको श्रोतको भनाइ छ ।

ति युवती बिहीबार दिउँसो प्रहरीलाई म जान्छु भनेर हिँडिसकिन् । एसएसपी अधिकारी हिरासतमा छन् । सशस्त्र मुख्यालयले बुधबार नै एसएसपी अधिकारीलाई निलम्बन गर्न गृह मन्त्रालयलाई पत्र पठाइसकेको छ ।