
काठमाडौँ, ३१ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पाँच दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।
रविसँगै टिभी पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई पनि पाँच दिन हिरातसमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
अदालतको अनुमतिसँगै चितवन प्रहरीले उनीहरुमाथि आत्महत्या गर्न बाध्य पार्ने ‘दुरुत्साहन’ मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।
मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न बाध्य पार्नेलाई अदालतको अनुमतिमा २५ दिन प्रहरीको हिरातसमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।
आत्महत्या गर्न बाध्य पार्नुलाई दुरुत्साहन भनिन्छ । आत्महत्या गर्ने व्यक्तिले छाडेको सुसाइड नोट या भिडियो बयानलाई दुरुत्साहनको प्रमाण मानिन्छ । दुरुत्सहान गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न लागेको उल्लेख गरेका छन् । भिडियो बुधबार सार्वजनिक भएको थियो ।
प्रहरीले बिहीबार लामिछाने, कँडेल र कार्कीलाई विहीबार काठमाडाैँबाट पक्राउ गरि चितवन लगेको थियो ।
यो पनि पढ्नुहाेस्
–रवि लामिछानेको समर्थनमा बाटो बन्द गर्न खोज्ने ५ जना पक्राउ
–पुडासैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीन जनलाई अदालत पेश गरियो
–रवि लामिछानेसहित तीनै जनालाई मध्यराति चितवन पुर्याइयो
कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेल पक्राउ
–पत्रकार पुडासैनी आत्महत्या प्रकरण : अस्मिता कार्की प्रहरी नियन्त्रणमा !











प्रतिक्रिया