१२ मंसिर २०८३, शनिबार

रवि लामिछानेसहित तीनै जनालाई मध्यराति चितवन पुर्‍याइयो

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको छानबिनका क्रममा विषय पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीन जनालई चितवन ल्याइएको छ ।

बिहीबार काठमाडौंमा पक्राउ परेको तीनैजनालाई कडा सुरक्षाकासाथ चितवन ल्याइएको हो । लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याउदा राति साढे एक बजेको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा लैजानुअघि भरतपुर अस्पतालमा स्वास्थय परीक्षण गरिएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

उनीहरूलाई आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।