१२ मंसिर २०८३, शनिबार

बालेनको मौनता जासुसी उपन्यासको पात्रजस्तै अदृश्य छ, तन्त्रमन्त्र धेरै दिन टिक्दैन : योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाहको मौनता जासुसी उपन्यासको पात्रजस्तो अदृश्य रहेको टिप्पणी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एमाले रामेछाप–काठमाडौं सम्पर्क कमिटीको प्रथम अधिवेशनमा नेता भट्टराईले कसैसँग नबोल्ने, अन्तक्र्रिया नगर्ने बालेनको मौनता जासुसी उपन्यासको पात्र जस्तो अदृश्य रहेको टिप्पणी गरेका हुन् । उनले रवि लामिछानेको अभिव्यक्तिभन्दा बालेनको मौनतालाई मुख्य प्रतिद्वन्द्वीका रूपमा रहेको विश्लेषण गरे ।

भट्टराईले विगतमा अन्य प्रधानमन्त्रीले भारत भ्रमण गर्दा वा यस्तै सम्झौता गर्दा विरोध हुने गरेको तर बालेन शाहको भ्रमणमा भने बुद्धिजीवीहरूले प्रशंसा गरेकोप्रति आशंका व्यक्त गरे । उनले अदृश्य टुनामुना तन्त्रमन्त्र धेरै दिन नटिक्ने तर्क गरे ।

भट्टराईले जेनजी आन्दोलनको निष्पक्ष छानबिन गर्न सर्वोच्चका बाहालवाला न्यायधीशको संयोजकत्वमा न्यायीक आयोग बनाएर छानबिन गर्नुपर्ने धारणा राखे ।

उनले आगामी स्थानीय चुनावमा गुटबन्दीभन्दा माथि उठेर पार्टी सदस्यको विवेक, स्थानीय अवस्था र तल्लो तहकै सिफारिसका आधारमा उम्मेदवार छान्नुपर्ने बताए ।