९ कार्तिक २०८३, सोमबार

बालुवाटारको जग्गा किन्ने गुरुङलाई सरकारको पुरस्कार, शीतल निवासमा स्वागत हुने

25.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवासको जग्गा हिनामिना प्रकरणमा प्रहरी छानबिनमा रहेका भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ ‘सुप्रबल जनसेवाश्री तृतीय’बाट सुशोभित हुने भएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को छानबिनमा रहेका गुरुङ आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘सुप्रबल जनसेवाश्री तृतीय’ पदकबाट सुशोभित हुनेछन् । नागरिक दैनिकले समाचार छापेको छ ।

यसपालि तीन सय ४३ जनाले विभिन्न पदक पाएका छन् । गुरुङसहित २ दर्जन बढी व्यापारी, भूमाफिया तथा कर्मचारी सरकारी ललितानिवासको १ सय १३ रोपनी ३ आना हिनामिना प्रकरणमा छानबिनमा छन् ।