२१ कार्तिक २०८३, शनिबार

पात्लेवनमा भेटियो महिलाको शव, पहिचान हुन सकेन

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ कात्तिक । काठमाडौं जिल्लाको चन्द्रागिरी नगरपालिका २ पात्लेवनमा महिलाको शव शंकास्पद अवस्थामा भेटिएको छ ।

महिलाको शव भटिए पनि आइतबार साँझसम्म मृतकको सनाखत हुन सकेको छैन । करिब ३–४ हप्ताअघि नै मृत्यु भइसकेको जस्तो देखिने शव भेटिएको महानगरीय प्रहरी वृत्त थानकोटका डीएसपी कुमारविक्रम थापाले बताएका छन् ।

स्थानीयले खबर गरेपछि पुगेको प्रहरी टोलीले शवको मुचुल्का उठाएको छ । महिलाको उमेर २० देखि ४० सम्मको हुन सक्ने प्रहरीको अनुमान छ ।

महिलाले नीलो सारी, रातो रङको पेटीकोट र नीलो ब्लाउज लगाएको देखिएको छ । दुबै हातमा नीलो बाला लगाएको र बाँया खुट्टाको गोलीगाँठोमा कालो धागो बाँधेको देखिएको प्रहरीले बताएको छ ।

महिलाको शव छेउमा लेडिज चप्पल पनि भेटिएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।