
काठमाडौं, १८ कात्तिक । काठमाडौं, भक्तपुर, रुपन्देही र ललितपुरबाट विभिन्न प्रकारका पटाका सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–५ कालोपुलबाट काभ्रेका रिदम तामाङ र दिलिप श्रेष्ठलाई विभिन्न किसिमका १ सय ४ प्याकेट पटाका सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर ललितपुर महानगरपालिका–१५ चापागाँउ दोबाटोबाट पर्सा वीरगंज रानीघाटका ३८ वर्षीय दिपक साह सोनारलाई विभिन्न ४२ किसिमका २ हजार ५७ वटा पटाका सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित सोनारको बिएन साईकल मर्मत पसलको गोदाममा लुकाईछिपाई राखेको अवस्थामा उक्त पटाका फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
भक्तपुर सूर्यबिनायक नगरपालिका–७ बासुटोल बस्ने ४२ वर्षीय पुरुषोत्तम बासुलाई सोही ठाउँस्थित किराना पसलबाट भुई पटाका १ हजार ४ सय ५२, रकेट पटाका ८, गमला पटाका १३, आलु बम पटाका ४ र झिरझिरे पटाका २९ वटा सहित शनिबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका–१ बाट भन्सार छली ल्याएको बिभिन्न पटाका १ बोरा, चिनी ७० किलो र साडी ८ थान शनिबार साँझ प्रहरीले बरामद गरेको छ । सोही ठाउँस्थित खटिएको प्रहरीलाई देख्नासाथ उक्त सामान छाडी सामान ल्याउने मानिसहरु फरार भए पश्चाीत् प्रहरीले उक्त पटाका र सामान बरामद गरेको हो ।
प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।












प्रतिक्रिया