२१ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमक, १८ कात्तिक । झापाको कमल गाउँपालिकामा मारुती भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिका ३ स्थित केर्खामा शनिबार दिउँसो भएको सडक दुर्घटनामा पाँचथर कुम्मायक(५ माङ्गजावुङ्गका २८ वर्षीय श्रवणकुमार शेर्माको मृत्यु भएको हो ।

उनको लाइफलाइन अस्पताल, दमकमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय दमकका प्रहरी नायब उपरीक्षक श्यामल सुब्बाले जानकारी दिए ।

घाइते हुनेमा उनका दाजु ताराकुमार शेर्मा रहेका छन् । घाइतेको बिर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको मे ६ प ८९७४ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट आउँदै गरेको मे २ च ११८१ नम्बरको मारुती भ्यानले ठक्कर दिँदा दुर्घटना भएको हो ।