२१ कार्तिक २०८३, शनिबार

कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले जँचाए आँखा

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–माधव बेल्वासे
कात्तिक १८ कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–६ मा शनिबार भएको निःशुल्क आँखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानीयहरुले आँखा जाँच गराएका छन् । युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणी आँखा अस्पतालको प्रविधिक सहयोगमा सो शिविर सम्पन्न भएको छ ।

आँखामा समस्या भएका तथा आँखा जाच गर्न आफ्नै गाउँमा निःशुल्क पाउँदा स्थानियहरुले खुसी व्यक्त गरेका थिए । गाउँमा रहेको वृद्ध वृद्धा तथा वालवालिकालाई सहज होस् भन्ने उद्देश्यले सो शिविर आयोजना गरेको क्लवका अध्यक्ष अजय रोकाले बताए ।

शिविरमा जाँच गराएका मध्ये ९५ जनाको आखामा मोतिविन्दुका विरामीहरु फेलापरेको र ति विरामीहरु लाई आइतवार र सोमबार बहादुरगंज अस्पतालमा निशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।