१३ कार्तिक २०८३, शुक्रबार

अनुसन्धानमा सक्रिय समूहको आक्रामक प्रतिक्रिया

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । अमेरिका, बेलायत र जर्मनीजस्ता सम्पन्न देशमा बनेका औषधि नेपालजस्ता विपन्न देशका नागरिकमाथि परीक्षण हुने गरेको विषयमा नयाँ पत्रिकाले बिहीबार प्रकाशित गरेको समाचारमा डा. सुधांशु केसी र डा. समीरमणि दीक्षितले कडा आपत्ति जनाएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

डा. सुधांशुले अमेरिकाको जिलेड कम्पनीले बनाएको हेपाटाइटिसको औषधि नेपालमा प्रयोग गराउन जिआइजेड, सेभ द चिल्ड्रेन, एनएएससीको आर्थिक सहयोग ल्याएको स्विकारेका छन् । तर, भ्याक्सिन होइन, औषधि ल्याएको र परीक्षण होइन, उपचार गरिरहेको दाबी उनको छ । यही विषयमा उनीहरूले बिहीबार दिनभर ट्विटरबाट नयाँ पत्रिकालाई चुनौती दिइरहे ।

भ्याक्सिन होइन, औषधि नै हो भने पनि नेपालीमाथि परीक्षण गर्नु कति नैतिक हो भन्ने नयाँ पत्रिकाको जिज्ञासामा डा. सुधांशुले भने, ‘परीक्षण नै होइन, उपचार गरिएको हो ।’ तर, यो औषधिले केही प्रयोगकर्तालाई साइड इफेक्ट गरेको र उनीहरूलाई डाक्टरको सुपरभिजनमा उपचार गर्नुपरेको उनले नै स्विकारे ।

त्यस्तै, दिनभरि नयाँ पत्रिकाको समाचारमाथि आक्रामक टिप्पणी लेखेका समीरमणिले बेलुका ट्विट गरेर नेपाली नागरिकमाथि विदेशी औषधि अनुसन्धान गर्न मुस्किलले अनुमति पाएको जनाएका छन् । उनको ट्वीट छ, ‘स्वास्थ्य अनुसन्धान परिषद्द्वारा अनुमति पाएका अनुसन्धानमाथि हालसालका दिनहरूमा प्रश्नचिह्न नउठ्ला । हामी अनुसन्धान गर्नेलाई यहाँ आजकल अनुमति पाउन कति कठिन छ, राम्रोसँग थाहा छ । विगतमा जति सहज छैन ।’

परीक्षणमाथि डा. रामेश कोइरालाका प्रश्न

-हात्तीपाइले चक्की, पोलियो खोप, टाइफाइड खोप, हेपाटाइटिस खोप… यी सब परीक्षण हुन् । यसका लागि उत्पादक कम्पनी मात्र होइन अनुसन्धानकर्ता र कतिपय अवस्थामा WHO समेत लागिपर्छ । यहाँको चलन यस्तै छ ।

-टाइफाइडको TCV भ्याक्सिन पनि  ‘काम लाग्छ कि लाग्दैन’ भनेर अहिले नेपालमा TyVAC  मार्फत अनुसन्धान भइरहेको छ ।

-अनुसन्धान र परीक्षण गलत होइन र निरन्तर हुनुपर्दछ । तर, गोराको देशमा नमिलेर हाम्रामा गरिएको ‘बाँदर खेती’जस्तै चैँ नहोस् ।

डा. सुधांशु केसीको प्रतिक्रिया

नयाँ पत्रिकासँग डा. सुधांशु केसीले भने, ‘हेपाटाइटिस सीसम्बन्धी हामीले वितरण गरेको भ्याक्सिन होइन, औषधि हो । यो औषधि जिआइजेड, सेभ द चिल्ड्रेन, एनएएससीको फन्ड र औषधि ल्याएर स्पर्श नेपालको सहकार्यमा उपचारमा प्रयोग गरिएको हो । अमेरिकाको जिलेड कम्पनीले यो औषधि उत्पादन गरेको हो ।

यो औषधिको क्लिनिकल पाटो मैले हेर्छु, ल्याबको पाटो डा. समीरमणि दीक्षितले हेर्नुहुन्छ । लागुऔषध प्रयोगकर्तालाई फर्म भराएर अनुमति लिएर मात्रै औषधि प्रयोग गरिएको छ ।

काठमाडौं मात्र होइन, विराटनगर, पोखरा र धरानका ५९६ जनालाई यो औषधि दिइएको छ । ३८३ जनाको रिजल्ट आइसक्यो । केहीलाई साइड इफेक्ट भएको छ । तर, उनीहरूलाई त्यत्तिकै छाडिएको छैन । अस्पतालमा भर्ना गरेर डाक्टरको सुपरभिजनमा उपचार गरिएको छ ।