१३ कार्तिक २०८३, शुक्रबार

के के मा हुन सक्छ संविधान संशोधन ?

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ जेठ । तत्कालीन मधेसी मोर्चाले राखेका ११बुँदे र संघीय गठबन्धनले राखेका २६बुँदे मागमध्ये सबै पूरा हुने सम्भावना छैन । र, ती मागसँग जोडिएका संविधानको धारा संशोधन हुने सम्भावना पनि छैन । राजपा र फोरमका नेताहरूको बुझाइमा तीनवटा विषयमा मात्रै संविधान संशोधन हुन सक्छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

संविधानको धारा २७४ः उक्त धारामा प्रदेशको सिमाना हेरफेर गर्दा बहुमत प्रदेशको स्वीकृति आवश्यक पर्ने व्यवस्था छ । यो व्यवस्था संशोधन गरी प्रभावित प्रदेशको सहमतिमा प्रदेशको सिमाना हेरफेर गर्नुपर्ने राजपा र फोरमको माग छ ।

भाषाः अहिले सरकारी कामकाजको भाषा नेपालीलाई राखिएको छ । नेपालमा बोलिने सबै भाषालाई राष्ट्रिय भाषा भनिएको छ । राजपाका नेता मनीष सुमनका अनुसार सरकारी कामकाजको भाषामा बहुभाषिक नीति लागू गर्नुपर्ने माग छ ।

नागरिकताः राजपाका नेता सुमनको भनाइमा अहिले पनि सुलभ ढंगले अंगीकृत नागरिकता नपाइएकाले सुलभ ढंगले नागरिकता दिने व्यवस्था गर्नुपर्ने र जन्मसिद्ध नागरिकबाट जन्मिएका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने माग छ ।