२१ कार्तिक २०८३, शनिबार

अमेरिका भ्रमणमा प्रधानसेनापति क्षत्री, अमेरिका र नेपाल सैनिक सम्बन्धबारे छलफल (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले यूनाइटेड स्टेट आर्मी प्यासिफिकका कमाण्डि जनरल रोबर्ट बी ब्रोनसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त शिष्टाचार भेटवार्ताको क्रममा अमेरिका र नेपालको सैनिक सम्बन्ध, आपसी सद्धभाव र विश्वास विकसित हुदै आएको विषयमा छलफल भएको थियो । सोही दिन प्रधान सेनापतिको सम्मानमा यूनाइटेड स्टेट आर्मी प्यासिफिक कमाण्डले सम्मान गारत अर्पण गरेको थियो ।

भेटघाटकै क्रममा सोहि दिन प्रधान सेनापति क्षत्रीले अमेरिकी सेनाको २५औं इन्फन्टरी डीआईभी लगायत विभिन्न सैनिक ईकाईहरुको अवलोकन गरेका थिए । अवलोकनको क्रममा क्षत्रीले २५औं इन्फन्टरी डीआईभीका कमाण्डर मेजर जनरल क्रिस्टोफर जी काभोलीसँग भेट गरि विभिन्न विषयबस्तुहरु सम्बन्धी जानकारी लिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।