२१ कार्तिक २०८३, शनिबार

चितवनको रत्ननगर नगरपालिकामा एमालेको सेट नै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, ७ जेठ । चितवनको रत्ननगर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

नेकपा एमालेका नारायण वन १४ हजार ६७७ सय मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २२७ मत पाए । यसैगरी, माओवादी केन्द्रका राजु अम्गाईले ३ हजार ६५१ मत ल्याए ।

उपमेयरमा एमालेकी बिमला दवाडी विजयी भएकी छिन् । उनले १४ हजार ४८१ मत पाइन् । उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी निता ढकालले १२ हजार ७०३ मत पाइन् । माओवादी केन्द्रकी संगीता भट्टराईले ४ हजार २४ मत पाइन् ।

नगरपालिकाको विजयी वडा अध्यक्षहरुमा एमालेको तर्फवाट १० जना र काग्रेसको तर्फवाट ६ जना निर्वाचित भएका छन् । वडा न १ शंकर सिं तामागं (कांग्रेस), वडा नं २ तिलकराज पौडेल (कांग्रेस), वडा नं ३ गोविन्द भट्टराई (एमाले) वडा नं ४ रवीन्द्र चौधरी (एमाले), वडा नं ५ कृष्ण महतो (एमाले)को तर्फवाट विजयी भएका छन् । वडा नं ६मा बलराम दहाल (काग्रेस), वडा नं ७ राजन भट्ट (काग्रेस), वडा नं ८ विनोद वस्नेत (एमाले), वडा नं ९ रोजन आचार्य (एमाले),वडा नं १० केशव आचार्य (एमाले), वडा नं ११ शशिभक्त (काग्रेस) विजयी भएका छन् । यसैगरी वडा नं. १२ दिलबहादुर पाख्रिन (काग्रेस), वडा नं.१३ चित्र बहादुर भण्डारी (एमाले), वडा नं.१४ हरी कुमार श्रेष्ठ (एमाले) वडा नं.१५ होमनाथ लामिछाने (एमाले) र वडा नं. १६ हेमराज थापा (एमाले) विजयी भएकाछन् ।