२१ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री दाहालले जेठ १० गते राजीनामा दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिने भएका छन् ।

माओवादी केन्द्रका एक नेताका अनुसार प्रधानमन्त्री दाहालले संसदमा जेठ १० गते सम्बोधन गरेर पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।

‘कांग्रेससँग भएको पूर्व सहमति अनुसार प्रधानमन्त्री ज्यूले पदबाट राजीनामा दिने तयारी गर्नुभएको छ’, उच्च स्रोतले भन्यो, ‘प्रधानमन्त्रीले राजीनामा दिए पनि यही सरकारले बजेट ल्याउनेछ ।’

कांग्रेससँग भएको पूर्व सहमति अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा माओवादी केन्द्रले समर्थन जनाइएको छ ।

प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिएपछि कामचलाउ बजेट दाहाल सरकारले नै ल्याउने तयारी भएको छ ।

यसैबीच, मुलुकको पछिल्लो राजनीतिक अवस्था र सोमबारदेखि सुरु हुने संसद बैठक लगायतका विषयमा छलफल गर्न माओवादी केनद्रको केन्द्रीय कार्यालयको बैठक बस्दैछ । बैठक अपरान्ह ३ बजेपछि बालुवाटारमा बस्नेछ ।