काभ्रे, ६ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा नेकपा (एमाले) बाट टङ्कप्रसाद शर्माले पाँच हजार ३४३ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कुनसाङ लामाले चार हजार ९६१ मत ल्याउनुभयो ।
त्यस्तै उपप्रमुखमा पनि नेकपा (एमाले)बाट रामदेवी तामाङले पाँच हजार १४७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमला खनालले चार हजार ४११ मत ल्याउनुभयो ।
त्यसैगरी उक्त नगरपालिकाको वडा नं ११ मा नेकपा (एमाले) पूरै समूह विजयी भएको छ । उक्त वडाको वडाध्यक्षमा नेकपा (एमाले) बाट कृष्णबहादुर तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का सानुबाबु तामाङले ३८५ मत ल्याउनुभयो । रासस












प्रतिक्रिया