काठमाडौं, १ माघ । सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं साँसद चन्द्र भण्डारीले अर्घाखाँचीमा गएर माओवादी केन्द्रका नेताहरुले जनभावना विपरित बोलेर गल्ती गरेको बताएका छन् ।
उनले अखण्ड प्रदेशको माग गरिरहेका जनतामाझ गएर प्रदेश टुक्राउने कुरा गर्दा जनताले ढुंगामुडा गर्नु स्वभाविक भएको बताए ।
दैनिक नेपालसंग कुरा गर्दै नेता भण्डारीले कुनै पनि नेताहरुले जनताको भावना र चाहनाको विपरित जान नहुने बताए । जनभावना विपरित गएर गलत काम गरे जनताले नेतालाई आफै पन्छाउने नेता भण्डारीको भनाई छ ।
‘आफ्नै क्षेत्र तथा सोही ठाउँबाट कुनै बेला निर्वाचित भएका डिलाराम आचार्यले जनभावना विपरित बोल्न मिल्दैन,’ उनले भने- ‘पाँच नम्बर प्रदेश अखण्ड हुनुपर्ने माग राखिरहेका जनतामाझ गएर जनभावना विपरित अभिव्यक्ति दिए यस्तै हुन्छ ।’
उर्जामन्त्री जनार्दन शर्माभन्दा पनि आफ्नै क्षेत्रमा जनभावना विपरित अभिव्यक्ति दिएर माओबादी नेता आचार्यले ठूलो गल्ती गरेको नेता भण्डारीको विश्लेषण छ । ‘प्रधानमन्त्री प्रचण्डलाई अहिले रोल्पामा जान जति अप्ठेरो छ त्यस्तै अप्ठेरो पाँच नम्बर प्रदेश टुक्राउँछु भन्दै भाषण ठोक्नेलाई पनि हुन्छ,’ उनले भने ।
गएको विहीबार अर्घाखाँची सदरमुकाम सन्धीखर्कमा आयोजित महोत्सव उद्घाटन गर्न पुगेका उर्जामन्त्री शर्मा र माओबादी केन्द्रकै नेता डिलाराम आचार्यले पाँच नम्बर प्रदेश टुक्राउनुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । यस्तो अभिव्यक्ति आउने वित्तिकै स्थानीयले मञ्चमै नेतामाथि ढुंगामुढा हानेका थिए ।
त्यसको भोलिपल्टै माओबादी केन्द्रका पार्टीका भातृ संगठन र कार्यकर्ताहरुले आक्रोश पाख्दै ‘बदला’ लिने चेतावनी दिएका थिए ।
यो पनि पढ्नुस्ः












प्रतिक्रिया