३१ आश्विन २०८३, शनिबार

अर्घाखाँचीमा भाषण गर्दागर्दै माओवादी नेता लखेटिए (भिडियो)

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २८ पुस । पाँच नम्बर प्रदेश टुक्राउनेगरी आएको संविधान संशोधन विधेयकविरुद्ध आन्दोलन गरिरहेका अर्घाखाँचीवासीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेतालाई लेखेटका छन् ।

सदरमुकाम सन्धीखर्कस्थित टुँडिखेलमा जारी अर्घाखाँची महोत्सवमा विहिबार माओवादी नेता एवं सोही क्षेत्रका पूर्व सांसद डिलाराम आचार्यले ‘पाँच नम्बर प्रदेशबाट अर्घाखाँची टुक्रिए पनि केही फरक नपर्ने र आन्दोलन औचित्यहीन भएको’ बयान दिएपछि त्यहाँ सहभागी स्थानीयहरुले मञ्चतर्फ ढुंगामुढा गर्दै उनलाई लखेटेका हुन् ।

आचार्यले बोल्दै गर्दा टुँडिखेलमा जम्मा भएका सहभागीहरुले मञ्चतर्फ ढुंगामुढा गर्न थालेपछि प्रहरीले आचार्यलाई सुरक्षा घेरमा लिई जिल्ला प्रहरी कार्यालयतर्फ लगेको थियो ।

माओवादी नेता आचार्यलाई भारतीय दलाल भन्दै महोत्सवमा सहभागीले आक्रमण गर्न थालेपछि महोत्सवका प्रमुख अतिथि ऊर्जामन्त्री जनार्दन शर्मा मन्तब्य टुंग्याउन नपाउँदै माफी माग्दै टाप कसेका थिए ।

‘पाँच नम्बर प्रदेश टुक्राउने भारतीय दलाल देश छोड’ भन्दै स्थानीयहरु आचार्यमाथि जाइलागेका थिए । महोत्सवमा माओवादी नेताले दिएको अभिब्यक्तिबाट तनावग्रस्त बनेको सन्धीखर्कमा भीड शान्त पार्न प्रहरीले लाठी चार्ज र हवाइ फायर गर्दा आधा दर्जन घाइते भएका छन् । स्थिति तनावग्रस्त हुँदा महोत्सवका बिहीवारका सबै कार्यक्रम स्थगित भएका छन् ।

अर्घाखाँचीबाटै निर्वाचित माओवादी केन्द्रका सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेश टुक्राउनुहुँदैन् भनेर जनभावनाअनुसार आन्दोलनको नेतृत्व गरिरहेका बेला उनको विचारको खण्डन गर्दै आचार्यले अर्घाखाँची टुक्राउने भाषण गरेपछि स्थानीय उनीमाथि जाइलागेका हुन् ।

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=7vrju5IKpQg