काठमाडौं । कतारमा जारी एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ मा नेपालविरुद्ध भारत ‘ए’का कप्तान तिलक बर्माले पनि शतक पूरा गरेका छन् ।
उनले १११ बलमा आफ्नो शतक पूरा गरेका हुन् ।
उनले कुशल भुर्तेलको ओभरको पहिलो बलमा चौका प्रहार गर्दै शतक प्रहार गरेका हुन् ।
यसअघि भारत ‘ए’का कुमार कुशाग्राले ९४ बलमा शतक प्रहार गरेका थिए ।
कुशाग्र ११७ रन बनाएर आउट भएका थिए ।
उनलाई ललित राजवंशीले बोल्ड गरेका थिए ।
जारी खेलको ४५ ओभरमा भारत ‘ए’ले ४ विकेटको क्षतिमा २८२ रन बनाएको छ ।












प्रतिक्रिया