१३ कार्तिक २०८३, शुक्रबार

पेशा नै कल वाइपास, एक अर्व छली

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ पुस । नेपाल दूरसञ्चार प्राधिकरणले भिओआईपी मार्फत हुने अबैध कल वाइपास प्रकरणमा नेपाल टेलिकम, एनसेल, स्मार्टसेल र यूटिएल जस्ता मोवाइल सेवा प्रदायक कम्पनीलाई सिम वितरणमा पारदर्शिता अपनाउन पत्राचार गर्‍यो ।

त्यस्तै इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पनि एक एमबीपिएस भन्दा बढि क्षमताको इन्टरनेट सेवा लिनेको सूची मागेर अनुसन्धान पनि गर्‍यो ।

तर, केही इन्टरनेट सेवा प्रदायक कम्पनीकै स्वार्थ अनुकुल दूरसञ्चार प्राधिकरणका कर्मचारी चल्ने गरेको र मोवाइल सेवा प्रदायक कम्पनीका कर्मचारीको भिओआईपी गिरोहसँग साँठगाँठ रहेका कारण प्राधिकरणले उक्त सूची नै सार्वजनिक गरेन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्राधिकरणको लापरबाही र गैर जिम्मेवारीले गर्दा कल वाइपासका घटनाहरु अहिले फेरि बढ्न थालेका छन् । भिओआईपीमार्फत कल वाइपास गर्ने गिरोहलाई कागजविनै टेलिकम र एनसेलका कर्मचारीले सिम वितरण गरी सहयोग गरेको कुरा हालै मात्र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) ले पक्राउ गरेका अभियुक्त राकेश गिरी प्रकरणलाई हेर्दा पनि पुष्टि हुन्छ ।

अवैध कल वाइपास गरेको आरोपमा पक्राउ परेका सिराहा स्थायी घर भएका गिरी यस अघि पनि तीन पटक पक्राउ परिसकेका व्यक्ति हुन् । सिआईवीले पक्राउ गर्दा उनको साथबाट एनटीसीका ३२ थान र एनसेलका ८० थान सिम समेत बरामद् भएका छन् ।

ति सिमहरुको सिआईवीले अनुसन्धान गर्ने हो भने गिरीको गिरोह र कर्मचारीहरुको संलग्नता बाहिर पर्दाफास हुने एनटीसीका एक कर्मचारी बताउँछन् ।ललितपुरको कार्यविनायक–३ मा बस्दै आएका गिरीलाई चौथो पटक सिआइबीले पक्राउ गर्दा पनि उनमा कतिपनि नैराश्यता देखिंदैन ।

किनकी उनी कल वाइपासमा सिंगापुरको गिरोहसँग मिलेर पेशेवर धन्दा चलाइरहेका छन् । गिरीले शुरुमा नेट प्लस नाम गरेको इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी) सञ्चालन गरी विभिन्न जिल्लामा ग्राहकहरु बढाएर अवैध कल वाइपासको धन्दा गरेका थिए ।

बाहिर हेर्दा बढि ग्राहक भएको कम्पनी देखाउने र भित्र भित्रै कल वाइपासको धन्दा गरेको पुष्टि भएपछि सिआईवीका तत्कालिन प्रमुख राजेन्द्रसिंह भण्डारीले गिरीको कम्पनी नै बन्द गराउन प्राधिकरणलाई पत्राचार गरेका थिए ।

उनको कम्पनीलाई प्राधिकरणले खारेज पनि गर्‍यो । तर, त्यसपछि पनि उनी सुध्रेनन् । गिरी यसभन्दा अघि ३ पटक पक्राउ परेर जेल सजाय काटिसकेका छन् । जेलबाट छुट्ने वित्तिकै उनी पुनः कल वाइपासमा नै लागे ।

गिरी सूरुमा २०६३ साल साउनमा ठेचोबाट पक्राउ परेका थिए । अवैध कल वाइपास गरेको अभियोगमा उनी २४ दिन कैद भुक्तान र ५ लाख धरौटीमा रिहा भएका थिए । त्यसपछि २०६८ साल असार ३ गते काठमाडौंको जैसिदेवलबाट उनी भिओआइपी अभियोगमा नै फत्राउ परे । त्यसबेला उनी १ वर्ष कैद भुक्तान गरी छुटेका थिए ।

पुनः २०७१ साल असार ७ गते ललितपुरबाट परेका गिरी १ वर्ष ६ महिना जेल बसेपछि छुटेका थिए । जेलबाट छुटेपछि पनि पुनः उनी पुरानै धन्दामा लागे र, अहिले पक्राउ परेका हुन् । उनका छोरा गिरिश गिरी पनि २ पटक बाबुसँगै जेल परिसकेका छन् ।

काठमाडौंमा धन्दा लुकाउन उनीहरुले कास्कीमा गएर कल बाइपास गर्ने गरेका थिए । सिआईवीले हालसम्म अवैध कल बाइपासविरुद्ध ९४ स्थानहरुमा भएको कारवाहीमा नेपाली ११० र विदेशी ३१ गरी १४१ जनालाई पक्राउ गरेको जनाएको छ । गिरीले कल वाइपास गरी हालसम्म एक अर्व भन्दा बढि राजश्व छलिसकेका छन् ।