२६ कार्तिक २०८३, बिहिबार

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, साढे तीन हजार परीक्षार्थी उत्तीर्ण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

eps-korea-examकाठमाडौं, ११ साउन । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाको नतिजा मंगलबार सार्बजनिक भएको छ ।

परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएको इपीएस कोरिया शाखाले जनाएको छ ।

गत असार चार र पाँच लिइएको परीक्षामा यस वर्ष ५७ हजार १२९ जना सहभागी भएका थिए ।

इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाका अनुसार कोरियाले नेपाललाई तीन हजार एक सय कोटा छुट्याएकोमा इपीएस परीक्षामा थप ४१७ सहित तीन हजार पाँच सय १७ जना उत्तीर्ण भएका हुन् ।

परीक्षाको नतिजा इपीएस नेपाल डट जिओभी डट एनपीमा हेर्न सकिन्छ ।