२६ कार्तिक २०८३, बिहिबार

प्रचण्डको नेतृत्वमा बन्ने नयाँ सरकारबारे ज्योतिषको भविष्यवाणी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachand-Maoist-Center

काठमाडौं, १० साउन । प्रधानमन्त्री बन्न तयार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारबारे ज्योतिषले भविष्यवाणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि आइतबार चर्चित युवा ज्योतिष डा. सुनील सिटौलाले अब बन्ने नयाँ ५ वटा सरकार पनिबीच बाटोमै ढल्ने भविष्यवाणी गरेका हुन् । जसअनुसार प्रचण्डको सरकार पनी ओलीजस्तै बीचमै ढल्ने उनको अनुमान छ ।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्- ‘प्रधानमन्त्रीले पञ्चकमा सरकार छाडेका छन् । विश्वास अन्धविश्वास जे भने पनि पञ्चक भनेको पञ्चक नै हो । अब बन्ने पनि ५ सरकार बीच बाटोमै सकिने छ । त्यस पछि बन्ने सरकारले मात्र देश र जनताको भलो गर्नेछ। बरु जती सक्दो चाडोचाडो नयाँ सरकार बनाउदै जाउ।’

नौ महिना अघि केपी शर्मा ओली भर्खर प्रधानमन्त्री बन्दा ज्योतिष सिटौलाले ओलीले पुरै कार्यकाल काम गर्न नपाउने भविष्यवाणी गरेका छन् । जो ठ्याक्कै मिल्न गएको छ । ९ महिनाअघि उनले लेखेका थिए- ‘गोचरमा बन्न लागेको गुरु चण्डाल योगले गर्दा नव प्रधानमन्त्री खडक प्रशाद ओलीले पुरा कार्यकाल भोग गर्न नपाउने हाम्रो विज्ञानले देखाउछ ।’

suneel suneel-1