२६ कार्तिक २०८३, बिहिबार

ओलीको राजीनामा घोषणा हुनुभन्दा पहिल्यै ‘आजतक’मा कसरी ब्रेकिंग भयो ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli UMLकाठमाडौं, १० साउन । प्रधानन्त्री केपी ओलीले आफ्नो पदबाट राजीनामा घोषणा गर्नु दुई घण्टा पहिल्यै भारतीय च्यानल आजतकले ब्रेकिंग हाल्दा नेपाली मीडिया छक्क परेका छन् ।

शीतल निवासमा ४ः१५ बजे पुगेका प्रधानन्त्री ४ः५९ बजे संसद भवन परिसर पुगेका थिए । मन्त्रिपरिषदले बाधा अड्काउ फुकाउ सिफारिश गरेको जानकारी गराउन राष्ट्रपति निवास पुगेका प्रधानन्त्री ओलीले त्यति बेलै आफ्नो पदबाट राजीनामा दिएको पत्र बुझाएका थिए ।

पत्र बुझाएको केही मिनट नबित्दै भारतीय च्यानल आजतकले ब्रेकिंग समाचार चलाएको थियो ।

प्रधानमन्त्री ओलीका सल्लाहकार, क्याबिनेट बैठकमा सहभागी मन्त्रीहरूले समेत सुईंको नपाएको कुरा भारतीय समाचार च्यानलको हेडलाईन र ब्रेकिंग कसरी बन्न पुग्यो भन्ने चर्चा सर्वत्र भई रहेको छ ।

प्रधानमन्त्री ओलीले राजीनामा दिएको सूचना कतै राष्ट्रपति भवनबाट चुहावट त भएको होइन भन्ने आशंका उव्जिएको छ ।

प्रधानमन्त्री ओलीको राजीनामा औपचारिक घोषणा संसदबाट साँझ ७ः१९ बजे भए थियो । तर भारतीय समाचार च्यानल आजतकले ४ः३० बजेको हेडलाईनमा र लगत्तै ब्रेकिंग हालेको थियो ।

आजतक च्यानलको अनलाईन संस्करणमा ४ः५३ मिनटमै सार्वजनिक गरिएको थियो ।

आजतकमा खबर सार्वजनिक भएको करीब तीन घण्टापछि मात्रै प्रधानमन्त्री ओलीले संसदमा आफूले राष्ट्रपति समक्ष राजीनामा दिएर आएको जानकारी गराएका थिए ।

‘आजतक’मा खबर चलेको करीब एक घण्टापछि मात्रै नेपाली मीडियाले थाहा पाएका थिए । नेपाली मिडियाभन्दा पहिले आजतकले थाहा पाएको भन्दै कान्तिपुरका पत्रकार केपी ढुंगानाले व्यंग गर्दै सामाजिक सञ्जालमा सेम–सेम लेखेका छन ।

पत्रकार ढुंगानाले लेखेका छन्, ‘केपी ओलीले शीतल निवासमा खुसुक्क राजीनामा बुझाएर संसदमा आएको आजतकले चाल पाउँदा यताका सूचना विहीन सेमसेम भन्दै रमाए ।’