
काठमाडौँ, ९ साउन । प्रधानमन्त्रीबाट बिदा हुँदाहुँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार संसदमा केही मार्मिक अभिव्यक्ति दिएका छन् । खासगरि, माओवादी र काँग्रेसलाई व्यंग्य गरी भनिएका प्रधानमन्त्रीका केही रोचक, पेचिला र गहन भनाइ यस्ता छन् ।
१) कपडा काट्नुभन्दा अघि १० चोटि नाप्नुपर्छ। ताकी गलत कैँची चलाइसकेपछि पछुतो नहोस्।
२) अभिमन्युको कथा– अहिलेको अभिमन्यु पाको भइसकेको छ ।
३) लिगबाट रेल बाहिरिइ सकेपछि दुर्घटनाबाट बचाउन सकिन्न।
४) सरकारप्रतिको अविश्वास कामको कारणले हैन रहेछ, ‘मन फाटेको, चित्त काटिएको’ कारणले पो रहेछ । मेरा मित्रको च्यातिएको मन सकेसम्म तुन्न र सिउने प्रयत्न मबाट म इमान्दारितासाथ भएका हुन् । यसकालागि मैले एकल र सामुहिक धेरै रात साँझ बिताएको छु । यता सियो उता तुरुक्क च्यातिने,उता तुन्यो यता तिरिक्क गर्नेबाट थोरै हैरान पनि भएको हुँ । (प्रचण्डलाई इंगित गर्दै)
५) एक माघले जाडो जाँदैन।
६) वागमती आफैमा प्रदूषित हुने होइन सम्माननीय सभामुखज्यू । यसलाई प्रदूषित मान्छेले नै बनाउँछन् । संसद र संसदीय खेल पनि आफैं फोहरी हुने होइन । संलग्न खेलाडीहरुले फोहर गरेमा हुने हो ।
७) कोपिला लागेको रुख निमोठेर फल फलाउने। धानबारीमा डोजर चलाएर कुन्यु लगाउने दाबी सत्य सबित गर्न चुनौती ।
८) नजर एकातिर निशाना अर्कातिर ।
९) बन्चरोको समात्ने ठाउँ पनि काठको छ, यसले रुख काट्छ ,यहाँ आफ्नाले आफैलाई काट्छन् ।
१०) मैले नेपाललाई सिंगापुर र स्वीजरल्याण्ड बनाउँछु भनेको होइन्, नेपाललाई समृद्ध बनाउनुपर्छ भनेको हो ।












प्रतिक्रिया