काठमाडौं, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम राष्ट्र नेपालले छिमेकीहरुसँग सन्तुलित सम्बन्ध राख्न खोजेको बताउनुभएको छ ।
व्यवस्थापिका संसदलाई सम्बोधन गर्दै उहाँले सरकारले एउटा छिमेकी मात्रै होइन् दुईवटा छिमेकी सन्तुलित सम्बन्ध राख्न खोज्दा पनी एकतर्फीको आरोप लगाउने भनी प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेपाल सार्वभौम राष्ट्र हो । दुबै छिमेकी चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्नुपर्छ । जून यो सरकारले गरेको छ । तर, यहाँ के सुनियो भने सम्बन्ध एकतर्फी भयो रे । दुइवटै छिमेकीबीच बराबरको सम्बन्ध राख्दा कसरी एकतर्फी भयो ? कस्तो सन्तुलन खोजेको हो ?’
अहिलेको सरकारको परराष्ट्र नीति र सम्बन्ध जति भए ती सबै ऐतिहासिक रहेको उहाँले दाबी गर्नुभयो ।
‘दुवै देश संग पारबहन सम्झौता गर्ने, दुवै देश का बन्दरगाह हरु प्रयोग गर्ने, दुवै देश बीच optical fiber र cross-border transmission line निर्माण गरि बिद्दुत व्यापार गर्ने र दुवै देश लाइ यातायात द्वारा आबद्ध गर्ने ! यो नीति असन्तुलित हो भने तपाई हरु ले भने जस्तो सन्तुलित नीति कस्तो हो ?’ उहाँको प्रश्न थियो ।













प्रतिक्रिया