२१ कार्तिक २०८३, शनिबार

सरकारको मुख्य सचिवमा सोमलाल सुवेदी नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

somlal-subadhiकाठमाडौं, २० साउन । नेपाल सरकारको मुख्य सचिवमा डा सोमलाल सुवेदीलाई नियुक्त गरिएको छ ।

मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव डा सुवेदीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।

हालका मुख्य सचिव लीलामणि पौड्याल यही साउन २२ गतेबाट सेवा निवृत्त हुनलाग्नु भएकाले सोही मितिबाट लागू हुने गरी डा सुवेदीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।

मुख्य सचिवका लागि बरिष्ठतम सचिवहरु श्रीधर गौतम, सोमलाल सुबेदी र जयमुकुन्द खनालको नाम चर्चामा थियो भने तीनै जनाको लविङ पनि बढी थियो तर, सरकारले दोस्रो बरियताका सुवेदीलाई मुख्य सचिव बनाएको हो ।

मुख्य सचिवकै कारण एमाले र कांग्रेसबीच विवाद समेत बढेको थियो ।