शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

स्वास्थ्य

तोसिमाले मागिन् स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा

काठमाडौं, २७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस्...

रसुवामा डेङ्गुको बिरामी फेला

रसुवा २५ असार । उत्तरी रसुवाको भू–भागमा समेत डेङ्गुका बिरामी फेला परेको छ । ती बिरामीको हाल धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भैराखेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अमितकुमार शाहले एकजना डेङ्गुका बिरामीलाई अस्पतालको...

विपन्न तथा दलितका लागि लहान नगरपालिकाको निःशुल्क एम्बुलेन्स

लहान, २३ असार । लहान नगरपालिकाले आगामी आवदेखि नगर क्षेत्रभित्रका गरिब, विपन्न तथा दलितको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । भारतीय राजदूतावासको सहयोगमा निःशुल्क एम्बुलेन्स सेवा सुरु गर्न लागिएको नगर प्रमुख...

नर्भिकद्वारा आईभीएफको एकमहिने विशेष प्याकेज घोषणा : ओपीडी नि:शुल्क, सित्तैमा फलोअप

काठमाडौं, २२ असार । नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको नर्भिक आईभीएफ सेन्टरले स्त्री रोगसँग सम्बन्धित बिरामीलाई लक्षित गर्दै भारी छुटसहितको एक महिने ल्याप्रोस्कोपिक सर्जरी प्याकेजको घोषणा गरेको छ । नर्भिक आईभीएफले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसर पारेर...

वीरेन्द्रनगरका स्वास्थ्यकर्मी आठ महिनादेखि तलबविहीन

सुर्खेत, २० असार । सुर्खेतको वीरेन्द्रनगरका स्वास्थ्यकर्मीले आठ महिनादेखि तलबभत्ता पाउन सकेका छैनन् । वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखा र अन्य स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीले तलब पाउन नसकेका हुन् । नगरपालिकाअन्तर्गतका कर्मचारीले भने तलबभत्ता पाइरहेका छन्...

शङ्कास्पद क्षयरोगीलाई उपचारमा पठाउँदैन परिवार

भादगाउँ, १८ असार । क्षयरोगको शङ्का लागे पनि घर परिवारले नै उपचारमा नपठाउने गरेको पाइएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा अभियानअन्तर्गत वडास्तरमा गरिएको खकार परीक्षणमा क्षयरोगी पत्ता लागे पनि लक्षण...

कालीकोटमा कालाजारका बिरामी भेटिए

मान्म, १५ असार । कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस...

मदन भण्डारी कलेजमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौं, १३ असार । मदन भण्डारी मेमोरियल कलेजले २२औँ वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीसँगै सो कलेजको पनि स्थापना दिवस मनाइँदैछ । कलेजले...

नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने

वीरगञ्ज, १३ असार । वीरगञ्जस्थित नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहको विशेष पहलमा नारायणी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको हो । अस्पतालमा मिर्गौला...

पचास शय्याको जाजरकोट अस्पताल हस्तान्तरण

जाजरकोट, १२ असार । पचास शय्याको जाजरकोट जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । संघीय आयोजना कार्यान्वन एकाइ सुर्खेतले स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई सोमबार हस्तान्तरण गरेको हो । विसं २०७७ असार २७...

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

काभ्रे, ११ असार । जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा...

भेरीमा रेबिजविरुद्धको खोप सकियो

राँझा, ८ असार । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई हप्तादेखि रेबिजविरुद्धको खोप सकिएपछि बिरामीलाई सास्ती भएको छ । अस्पतालले निःशुल्क दिँदै आएको रेबिजविरुद्धको खोप सकिएपछि बिरामीले अस्पताल बाहिर महँगो दरमा खोप किन्न बाध्य भएका छन्...
1 9 10 11 12 13 126