११ कार्तिक २०८३, बुधबार

चिसो बढेपछि मुस्ताङमा जनजीवन कष्टकर (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang (4)

मुस्ताङ, १४ कात्तिक । मुस्ताङको उच्च हिमाली क्षेत्रमा हिमपात भएसंगै चिसो बढेको छ । बुधबार रातिदेखि मुलुकका विभिन्न स्थानमा हिउँदे झरी सुरु भएसँगै उपल्लो मुस्ताङमा हिमपात भएको छ ।

हिमाल र हिमालदेखि केही मिटर तलसम्म परेको हिमपातका कारण जिल्लामा चिसो बढेको हो । उपल्लो मुस्ताङको छोसेर, छोन्हुप, चराङ, सुर्खाङ, घमी, लोमान्थाङ क्षेत्र सहित मुक्तिनाथ गाविसमा झिमझिम पानीसंगै परेको हिउँले यहाँका डाडापाखाहरु सेताम्मे देखिएका छन् । बिहान दिउँसोको समयमा घाम लागेतापनि साँझपख हिमाल आसपासका क्षेत्रमा हिउँ पर्ने गरेको छ ।

तल्लो मुस्ताङको तुलनामा उपल्लो मुस्ताङमा बढि चिसो हुने भएकोले हिउँसंगै चिसो बढेका कारण सर्वसाधारणलाई समस्या भएको छ । उनीहरु घरभित्रै आगो बालेर चिसो भगाउन थालेका छन् ।

असोजको अन्तिम सातादेखि नै उपल्लो मुस्ताङमा चिसो बढिरहेको छ । त्यहाँका अधिकाँश सर्वसाधारण जाडो छल्न देशका विभिन्न स्थानमा झर्ने क्रम पनि बढिरहेको ।

यस समयमा विदा मनाउनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरु पनि मुस्ताङमा आउने गरेका छन् । यहाँ निर्वाध रुपमा हवाई तथा सडक यातयातका साधनहरु चलिरहेका छन् ।

मुस्ताङको जोमसोम, कागबेनी, मार्फा, लेते, कुञ्जो लगायतका क्षेत्रमा अहिले पनि हिउँ परिरहेको प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारीले बताए ।

– केशव बिश्वकर्माबाट

mustang (3) mustang (2) mustang (1)