काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता गरेको छ ।
भिजाको यो विश्वव्यापी प्रविधि हाल विश्वका १९५ भन्दा बढी देश तथा क्षेत्रहरूमा सफलतापूर्वक सञ्चालनमा आइसकेको छ ।
यस सम्झौतापछि एनएमबि बैंकका ग्राहकहरूले विदेशमा रकम पठाउन नयाँ र सहज विकल्प पाउनेछन् । यो प्रविधिमार्फत ग्राहकहरूले विना झन्झट अझ भरपर्दो र सुरक्षित रूपमा अन्तर्राष्ट्रिय भुक्तानी तथा रकम स्थानान्तरण गर्न सक्नेछन् ।
एनएमबि बैंकले देशभर रहेका आफ्ना १९७ शाखा, १७६ एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरूमार्फत ग्राहकहरूलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।














प्रतिक्रिया