काठमाडौं । कप्तान सोमपाल कामीको अलराउण्ड प्रर्दशनमा कर्णाली याक्सले लगातार दोस्रो जित दर्ता गरेको छ । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै कर्णाली याक्सले एनपीएलमा दोस्रो जित दर्ता गरेको हो ।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले हराएको थियो। विराटनगरको भने यो दोस्रो हार हो ।
विराटनगर पहिलो खेलमा चितवनसँग ८ रनले पराजित भएको थियो।














प्रतिक्रिया