नवलपरासी, १३ कात्तिक । नवलपरासी जिल्लाको बडहरा दुधौलिया ३ बाट कार्तिक १३ गते दिउँसो एउटा सिक्सर पेस्तोल र सोको ६ राउण्ड गोलीसहित दुई जनालाई पक्राउ गरिएको छ ।
भारतको महाराजगंज जिल्लास्थित ठुटीबारी घर बताउने उज्ज्वल गडतौला र महाराजगंज जिल्लाकै राजाबारी घर बताउने जोगेन्द्र पटनवारलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त हतियारसहित पक्राउ गरेको हो ।
स्थानीय प्रहरीसहित खटिएको एपीएफ टोलीले उनीहरुलाई उल्लेखित हतियार तथा गोलीसहित पक्राउ गरेको हो । त्यसवेला निजहरुको साथबाट एपीएफ टोलीले उल्लेखित हतियारका साथै नौसय वटा नाइट्रोभेट नामको लागूऔषध समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई बरामद हतियार तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।















प्रतिक्रिया