काठमाडौं, १३ कात्तिक । नेपाल विद्यार्थी संघले संगठनलाई मजबुद बनाउन विभिन्न निर्णयहरु गरेको छ ।
शुक्रबार राजधानीमा बसेको नेविसंघ केन्द्रीय पदाधिकारी बैठकले चाँडो भन्दा चाँडो महाधिवेशन र संगठन विस्तारको निर्णय गरेको नेता हरिश भण्डारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘नेविसंघको १३ औं महाधिवेशन कसरी सफल बनाउने, संगठन विस्तार गर्ने र संगठनलाई बोलियो बनाउने विषयमा छलफल भयो । छिटो भन्दा छिटो महाधिवेशन गर्न नेतृत्वलाई दबाब दिने निर्णय गरेका छौं ।’
उहाँले लामो समयसम्म नेविसंघ महाधिवेशन हुन नसक्दा समयअनुसार संगठन अगाडि बढ्न नसकेको भन्दै अबको विद्यार्थीको हितमा सशक्त आवाज उठाउने प्रतिबद्धता समेत जनाउनुभयो ।















प्रतिक्रिया