११ कार्तिक २०८३, बुधबार

राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandari-sital-Nibasकाठमाडौँ, १२ कात्तिक । नवनिवाचित राष्ट्रपति विद्यादेवी भण्डारी आज राष्ट्रपति भवन, शीतलनिवासस्थित राष्ट्रपति आवासमा सर्नुभएको छ ।

आज पद तथा गोपनीयताको शपथ लिएपछि निवर्तमान निवर्तमान राष्ट्रपति डा रामवरण यादवको बिदाइ समारोहमा सरिक भइसकेपछि राष्ट्रपति भण्डारी शीतल निवास प्रवेश गर्नुभएको हो । राष्ट्रपति भण्डारी ७५ वर्षीया आमा मिथिला पाण्डेसहित निवास प्रवेश गर्नुभएको हो ।

उहाँ यसअघि काठमाडौँ महानगरपालिका–१०, नयाँबानेश्वरस्थित आफ्नो निवास बस्दै आउनुभएको थियो । पत्रकारसँग कुरा गर्र्दै राष्ट्रपतिकी आमा पाण्डेले छोरी मुलुकको सर्वाेच्च पदमा पुगेकामा खुसी लागेको बताउनुभयो । रासस