२८ आश्विन २०८३, बुधबार

आमाडब्लम आरोहणका क्रममा दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Aamadabla Himalसोलुखुम्बु । आमाडब्लम हिमाल आरोहणका क्रममा लेक लागेर दुई जना रसियाली नागरिकको मृत्यु भएको छ ।

 

सो हिमाल आरोहण गर्ने क्रममा हाई क्याम्पमा लेक लागेर मंगलबार साँझ एक जना र आज (बुधबार) बिहान एक जना गरी दुई जना रसियाली नागरिकको मृत्यु भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक बद्री विक्रम थापाले जानकारी दिए ।

 

पासपोर्ट नम्बर ७१५३९६६४१ का पाभेल इभाम्थ र पासपोर्ट नम्बर ७१५३६८०५८ का इगोल्किन भिक्टोभको लेक लागेर निधन भएको हो ।

 

ओशो वल्ड एभभेन्चर प्रालिबाट आमाडब्लम हिमाल आरोहणका लागि गएका उनीहरु शिखरमा पुग्ने बेलामा लेक लागेर मृत्यु भएको बताइएको छ ।

 

मृतकमध्ये एक जनाको शव उद्धार गरी लुक्ला ल्याइएको र अर्काेको उद्धारको प्रयास भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

 

अहिले कसको शव आएको भन्ने पुष्टि नभएको र दुवै शव ल्याएपछि थाहा हुने जनाइएको छ ।